यस्तो छ शुक्रबारको लागि विदेशी मुद्रा विनिमय दर

काठमाडौं, २६ भदौ । विश्व अर्थतन्त्रमा कोरोना भाईरसको प्रभाव परिरहेको सन्दर्भमा शुक्रबार विदेशी मुद्राको भाउमा भने खासै परिवर्तन भएको छैन् ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर शुक्रबार अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ २४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ ८४ पैसा तोकिएको छ ।

त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय १० रुपैयाँ ९३ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १२ रुपैयाँ ५२ पैसा तोकिएको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ १५ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ३० पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५२ रुपैयाँ २९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५३रुपैयाँ ७ पैसा तोकिएको छ।

त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८८ पैसा तोकिएको छ भने बिक्रीदर ९ रुपैयाँ ९३ पैसा तोकिएको छ ।

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ३२ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ४२ पैसा तोकिएको छ ।
त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८३ रुपैयाँ २५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८५ रुपैयाँ २१ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ २०पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ३६ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here