छोरीको शिक्षा र उद्यमशिलतामा चाँगु नगरपालिकालाई सघाउँदै नेपाल बैंक

काठमाडौं, २८ भदौ । नेपाल बैंक लिमिटेडले भक्तपुरको चाँगुनारायण नगरपालिकाले संचालन गर्ने बिभिन्न कार्यक्रम तथा अभियानमा सहकार्य गर्ने भएका छन् ।

त्यसका लागि बैंक र नगरपालिकावीच हालै सम्झौता भएको छ ।

नगरपालिकाले संचालन गर्नलागेको ‘वचतखाता छोरीको, सुरक्षा जीवन भरीको’ कार्यक्रमअन्तर्गत नगरपालिका भित्रका सामुुदायिक विद्यालयहरुमा अध्ययनरत छोरीहरुको नाममा नेपाल बैंकमा खाता खोल्ने र उक्त खातामा नगरपालिकाद्वारा प्रत्येक बर्ष रु. ४ हजार जम्मा गर्दै जाने ब्यवस्था गरिने भएको छ ।

सम्झौता वमोजिम शून्य मौज्दातमा खोलिएका त्यस्ता खातामा बैंकले उच्चतम ब्याजदर दिने, बैंकमा खोलिएको खातामा रकम जम्मा गर्ने, झिक्नेलगायतका अन्तरवैंक सेवामा कुनै पनि शुल्क नलाग्ने लगायतका अन्य सुविधाहरु प्रदान गर्नेछ ।

साथै नगरपालिकाको सिफारिसमा खोलिएका खाताहरुमा रु. ३ लाखसम्मको निक्षेप बीमा समेत गरिनेछ । यस प्रकारका खातामा बालिका आफैले वा उनिहरुका अभिभावकहरुले समेत रकम जम्मा गरिदिन सक्नेछन् ।

यस प्रकारको कार्यक्रमबाट छात्राहरुको शिक्षामा पहुँच अभिवृद्धि गर्न, बिचैमा बिद्यालय छोड्ने लाई निरुत्साहित गर्न, गुणस्तरीय शिक्षा प्रदानगर्न, वाल विवाह निरुत्साहन गर्न, छोरीहरुको आर्थिक र सामाजिक सुरक्षागरी सुरक्षित भविष्य निर्माणमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

उक्त रकम छात्राहरुले १२ कक्षा उत्तिर्ण गरे पश्चात मात्र झिक्न पाउनेछन् ।

त्यसैगरी ‘मेयर उद्यमशिलता बिकास कार्यक्रम’ अन्तर्गत ऋण प्रवाह तथा ब्याज अनुदान सम्बन्धमा समेत नगरपालिका र बैंकवीच अर्को सम्झौता भएको छ ।

उक्त नगरपालिका क्षेत्रका कृषि तथा पशुपंक्षीजन्य ब्यवसाय प्रवद्र्धन तथा चाँगुनारायण नगरपालिकाको मेयर उद्यमशिलता बिकास कार्यक्रम निर्देशिका, २०७७ अन्तर्गत उद्यमशिल बन्न चाहने नगरबासी एवं नेपाल राष्ट्र बैकको सहुलियतपूर्ण कर्जाका लागि एकिकृत ब्याज अनुदान कार्यविधि २०७५ अन्तर्गत योग्यता पुगेका उद्यमीहरुलाई ऋण प्रवाह तथा ब्याज अनुदान दिइनेछ ।

यसले स्वरोजगारीको अवसर तथा उद्यम प्रवर्धन गर्न, विदेशबाट फर्केका युवाहरुको विदेशमा आर्जन गरेको शीप र ब्यवसायिक दक्षता उपयोगगर्दै उनीहरुलाई स्वरोजगार बनाउन, महिला उद्यमशील क्षमताको विकास गर्न, दलित समुदायको परम्परागत सीप र पेशालाई आधुनिकिकरण गरी ब्यवसायिकता अभिबृद्धि गर्न सघाउने अपेक्षा गरिएको छ ।

साथै, जनजाति, सिमान्तकृत, अपांगता तथा विपन्न बर्गलाई विशेष प्राथमिकता दिई आय आर्जनका लागि सहुलियत प्रदानगरी उद्यमशिलता विकास तथा वित्तीय पहुँच बढाउने उद्देश्य पनि कार्यक्रमले लिएको नगरपालिकाले बताएको छ ।

दुवै संझौतामा नेपाल वैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी तथा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख श्री सोमप्रसाद मिश्रले हस्ताक्षर गरे ।

नेपालकै पहिलो बैंकको नेपाल बैंकले १८९ वटा शाखाहरु, १२५ बटा एटिएम तथा २९ वटा एक्स्टेन्सन काउण्टर मार्फत बैंकिङ्ग सेवा दिँदै आएको छ ।

सम्बन्धितः

नेपाल बैंकले ल्यायो सस्तो ब्याजदरमा घरकर्जा

नेपाल बैंकले घटायो ब्याजदर, चैत मसान्तमा कायम ब्याजदरमा २ प्रतिशत छुट

नेपाल बैंक ‘ए’ रेटिङमा, बैंकको कर्जा जोखिम न्यून

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here