अक्सफोर्डले बनाएको कोरोना भाइरस विरुद्धको खोपको परीक्षण पुनः शुरु

काठमाडौं, २८ भदौं । अक्सफोर्ड विश्वविद्यालयले बनाएको कोरोना भाइरस विरुद्धको खोपको फेरि परीक्षण शुरु भएको छ ।

सहभागी एकजना मानिस बिरामी भएपछि रोकिएको अक्स्फोर्ड र एस्ट्राजेनेका कम्पनीद्धारा विकसित कोरोनाविरुद्धको खोप परीक्षण पुनः शुरु गरेका हुन् ।

गत मंगलबार एस्ट्राजेनेकाले रियाक्सनका कारण खोप परीक्षण स्थगित गरिएको जनाएको थियो। तर शनिबार अक्सफोर्डले खोप परीक्षण निरन्तर गर्न सुरक्षित रहेको जनाएको हो।

एस्ट्राजेनेका(अक्सफोर्ड विश्वविद्यालय खोपलाई विश्वभर विकास गरिँदै गरेका खोपहरुमध्ये सबैभन्दा आश गरिएको र चाँडो उपलब्ध हुने खोपका रुपमा अपेक्षा गरिएको छ । तेस्रो चरणको परीक्षणमा ३० हजार मानिसको सहभागिता रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here