सफल मानिसको हुन्छ यस्तो बानी, तपाईं पनि अपनाउने कि ?

दिनभर अफिसको काम र तनावको कारण धेरै मानिसहरु घर फर्किनासाथ थकित महशुस गरी छिटै सुत्ने गर्छन् । तर, सफल मानिसहरुमा भने यस्तो बानी हुदैन ।

त्यसोभए सफल मानिसहरु अफिसमा आफ्नो सिफ्ट सकिएपछि घरमा आएर के काम गर्छन् ? यो धेरै मानिसहरुको चासो र उत्सुकताको विषय हुने गर्दछ ।

सफल मानिसहरु अफिसको सिफ्ट सकिए आम मानिसले भन्दा फरक तरिकाले समय बिताउने गर्छन् । यस्ता मानिसहरु दिनभरको कामको चाप र थकाईलाई भुल्दै घरमा आफ्नो समयलाई सहि सदुपयोग गर्ने गर्दछन् ।

धेरै सफल मानिसहरुमा फुर्सदको समयमा निम्न अनुसारका कामहरु गर्ने बानी हुन्छ । त्यसैले अफिसबाट घरमा आएपछि निम्नानुसारको कामहरु गर्नुस जसले तपाईलाई जीवनमा सफल बन्नको लागि सहयोग गर्दछ ।

१. व्यायाम गर्ने

आफुलाई तनावमुक्त र दिनभरको थकाईबाट टाढा बनाउनको लागि व्यायाम गर्नु स्वास्थ्यको दृष्टिकोणले राम्रो मानिन्छ । साथै यसरी व्यायाम गर्दा राम्रोसँग निन्द्रा लाग्ने गर्दछ ।

२. खेल खेल्ने

खुशी र स्वस्थ रहनको लागि आफुलाई मनपर्ने खेल खेल्नुपर्दछ । जसको कारण हामी साथीभाईलाई समय पनि दिन सक्छौं र आफ्नो स्वास्थ्य पनि राम्रो हुन्छ ।

३. परिवारलाई समय दिने

जीवनमा सफल बन्नको लागि परिवारको साथ र सहयोग हुन अत्यन्त जरुरी हुन्छ । विश्वमा सायदै कोही मानिसहरु होलान जो परिवारको साथ र सहयोग बिना नै सफल भएका छन् ।

सफल बन्नको लागि आफुलाई परिवारको जिम्मेवारीबाट टाढा लान हुदैन । त्यसकारण सकेसम्म दुवै समय नभए दिनमा एक पटक भएपनि परिवारसँग बसेर खाना खाने गर्नुहोस् ।

४. आवश्यक निन्द्रा पुरा गर्ने

आवश्यक मात्रामा निन्द्रा पूरा भएपछि मात्रै हामी आफ्नो कार्यक्षमता अनुसारको काम गर्न सक्छौं त्यसकारण निन्द्रा पुरा गर्न जरुरी छ । तर, यो भन्दैमा अल्छी मानेर धेरैबेर सुत्ने होइन नी । एक वयष्क स्वस्थ मानिसलाई दैनिक ६ देखि ८ घन्टा निन्द्रा आवश्यक हुन्छ ।

५. महत्वपुर्ण कामहरुलाई प्राथमिकता दिने

आफ्नो महत्वपुर्ण कामलाई पहिलो प्राथमिकता दिनुपर्दछ । खासगरी तपाई पढ्दै जागिर खाँदै गरिरहनु भएको छ भने यस्तो अवस्थामा आफ्नो पढाईलाई पहिलो प्राथमिकता दिनुपर्दछ ।

महत्वपुर्ण कामलाई प्राथमिकता नदिँदा पछि त्यसको नतिजा नराम्रो निस्कन सक्छ ।

(एजेन्सीकाे सहयाेगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here