थप १०३९ जनामा कोरोना संक्रमण पुष्टि, ११७३ जना डिस्चार्ज

काठमाडौं,२८ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ९ हजार १ सय ६५ जनाको पीसीआर परीक्षणमा थप १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ५४ हजार १५९ जना पुगेको छ।

पछिल्लो २४ घन्टामा थप ११७३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ३८ हजार ६ सय ७२ उपचारपछि निको भएका छन्।

हाल देशभर १५ हजार ११७ जना सक्रिय संक्रमित छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here