पीसीआर परीक्षणको शुल्क घट्यो, अब सबै ल्याबमा दुई हजारमै परीक्षण

फाइलफोटो

काठमाडौं, २८ भदौं । सरकारले देशभरका सबै अस्पतालमा पीसीआर परीक्षणको शुल्क घटाएको छ।

परीक्षणका किट तथा अन्य सामग्रीको मुल्य सस्तो भएसँगै मूल्य घटेको आधारमा नयाँ मूल्य निर्धारण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

नयाँ मूल्य अनुसार देशभरका सबै सरकारी तथा निजी प्रयोगशालाले अधिकतम २ हजार रुपैयाँ मात्र शुल्क लिन पाउने छन् ।

सरकारले पहिलो पटक ५ हजार ५ सय शुल्क तोकेको थियो। पछि सो शुल्क परिमार्जन गर्दै बढीमा ४ हजार ४ सयसम्ममा शुल्क लिन सकिने निर्णय गरेको थियो। भदौ १४ गतेदेखि नयाँ शुल्क लागू गरिएको थियो।

हालसम्म नेपालमा ८ लाख ४० हजार ५ सय २७ जनाको पीसीआर गरिएको छ। सरकरले सरकारी अस्पतालको ल्याबमा पनि ५० प्रतिशत मुल्य तिरेर पीसीआर गर्न सकिने यसअघि नै ब्यवस्था गरेको थियो भने ट्रेसिङमा परेका व्यक्तिको निशुल्क पीसीआर हुँदै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here