किम कादर्शियनको एउटा इन्स्टाग्राम पोस्टको मुल्य १ मिलियन डलर !

काठमाडौं, २६ बैशाख । चर्चित रियालिटी टिभी स्टार किम कादर्शियनले एउटा इन्स्टाग्राम पोस्टबाटै १ मिलियन अमेरिकी डलर अर्थात ११ करोड नेपाली रुपैयाँ भन्दा धेरै कमाउँछिन् ।

एक अमेरिकी कपडाको कम्पनी विरुद्द मुद्दा लडिरहेकी यी ३८ वर्षिया स्टारले अदालतलाई बुझाएको कागजातमा उनले एक इन्स्टाग्राम पोस्ट गरेको ३ देखि ५ लाख अमेरिकी डलर सम्म लिने गरेको खुलासा भएको थियो ।

तर, टिएमजेड म्यागेजिनले भने किमले प्रति पोस्ट १ मिलियन डलर कमाउने र उनको कानूनी टिमले कागजातहरु सच्याएर फेरी पेश गर्ने दाबी गरेको छ ।

अनधिकृत रुपमा आफ्नो तस्वीर प्रयोग गरेर कपडा बेचेको भन्दै किमले उक्त फेसन कम्पनी विरुद्द मुद्दा हालेकी छिन् । उनले कम्पनीबाट ५ मिलियन डलर क्षतिपूर्तीको माग गरेकी छिन् ।

किमकी आमा क्रिस जेनरले आफ्ना छोरीहरुले सामाजिक सञ्जालको प्रायोजित पोस्टको लागि ६ अंकको रकम लिने गरेको बताएकी छिन् ।

६३ वर्षिया क्रिस जेनरले आफ्ना सबै छोरीहरु किम, कोल कादर्शियन, कोर्टेनी कादर्शियन, केन्डल जेनर र काइली जेनर सबैले आफ्नो इन्स्टाग्राममा कुनै कम्पनीको उत्पान प्रवद्र्धनको लागि तस्वीर पोस्ट गरे बापत ६ अंकमा रकम लिने बताइन् ।

(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here