सामान्य अंकले बढ्यो नेप्से, उच्च कारोबार कायमै

काठमाडौं, २९ भदौं । सेयर बजारमा सामान्य सुधार आएको छ ।

पछिल्ला दिनदेखि लगातार दोहोरो अंकले बढिरहेको नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक सोमबार सामान्य अंकले बढेको हो ।

सोमबार नेप्से परिसूचक ३.२६ अंकले बढेर १५४०.५१ विन्दुमा कायम भएको हो । यसदिन १९० कम्पनीको ८६ लाख ३१ हजार ७ सय ४१ कित्ता सेयर किनबेच भएको छ ।

३ अर्ब १३ करोड ४१ लाख ३५ हजार ९ सय ८ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा आएका १२ वटा समूहमध्ये ५ समूहको परिसूचक उकालो लागेको छ भने ७ समूहको परिसूचक ओरालो लागेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here