सुनको मूल्य बढने क्रम जारी, दुई दिनमै तोलाको एक हजार महँगियो

काठमाडौं, ३० भदौं । नेपाली बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम जारी रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार दुई दिनमै सुन तोलाको एक हजार रुपैयाँले बढेको छ ।

अघिल्लो दिनको तुलनामा सुनको मूल्य मंगलबार प्रतितोला ६ सय रुपैयाँले बढेर ९७ हजार ५ सय कायम भएको छ । सोमबार सुन ४ सयले बढेर तोलाको ९६ हजार ९ सयमा कारोबार भएको थियो ।

तेजावी सुनको मूल्य ९७ हजार रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १३२० मा कारोबार भएकोमा आज तोलामा २० रुपैयाँ बढेर १३४० कायम गरिएको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here