पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, ३० भदौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा ४ जना महिला र ७ जना पुरुषगरि थप ११ जनाको ज्यान गएको हो ।

मृत्यु हुनेमा काठमाडौंमा मात्र ४ जना कोरोना संक्रमित रहेका छन् । काठमाडौंमा ८६ वर्षीया महिला, ३४, ९६ र ६६ वर्षीय पुरुषको कोरोनाबाट ज्यान गएको छ ।

सर्लाहीमा ६४ वर्षीय पुरुष, सिरहामा ३५ वर्षीया महिला, बारामा ५५ वर्षीया महिला र ५५ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

मकवानपुरमा ६१ वर्षीय पुरुष, रुपन्देहीमा ६४ वर्षीया महिला र कपिलवस्तुमा ५८ वर्षीय पुरुषको मृत्यु भएको छ।

यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ७१ पुगेको छ। नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here