पूर्व अर्थमन्त्री खतिवडा प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार, सुविधा मन्त्रिस्तरीय

फाइलफोटो

काठमाडौं, ३० भदौं । सरकारले निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले खतिवडालाई मन्त्रिस्तरीय सुविधा पाउनेगरी प्रधानमन्त्रीको विशेष सल्लाहकार नियुक्त गरेको परराष्ट्रमन्त्री तथा सरकारका नवनियुक्त प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी गराएका हुन्।

खतिवडाले गएको भदौ १९ गते अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।
खतिवडाले सांसद नभइ ६ महिनासम्म मात्र मन्त्री बन्न पाउने संवैधानिक व्यवस्थाको कारण राजीनामा दिनु परेको थियो ।

त्यसपछि सो मन्त्रालय आफैले हेर्दै आएका प्रधानमन्त्री ओलीले मन्त्रीसरहकै सुविधा दिई उनै खतिवडालाई सरकारको आर्थिक मामिला हेर्ने जिम्मेवारीमा फर्काएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here