डिजेल र मट्टीतेलको मूल्य घट्यो, पेट्रोलको यथावत

काठमाडौं, ३१ भदौ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ ।

बुधबार राति १२ बजेदेखि लागु हुने गरी निगमले डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर १ रुपैयाँका दरले घटाएको हो ।

प्रति लिटर १ रुपैयाँले मूल्य घटेसँगै अब डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर ९० रुपैयाँ कायम भएको छ ।

डिजेल र मट्टीतेलको मूल्य घटे पनि पेट्रोल, हवाई ईन्धन तथा खान पकाउने ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here