सबै कम्पनीका ग्यास सिलिन्डरको मूल्य एउटै, ग्राहक र विक्रेताबीचको अन्यौल हट्यो

काठमाडौं, १ असोज । ग्यास सिलिन्डर खरिद गर्दा सर्वसाधारणले तिर्ने मूल्य अब एउटै बनाइएको छ ।

विभिन्न ब्रान्डले सिलिन्डरको फरक फरक मूल्य लिइरहेका बेला नेपाल एलपी ग्यास उत्पादक संघले समान मूल्य तोकेको हो ।

एलपी ग्यास उद्योग संघ बागमती प्रदेश समितिले सूचना जारी गर्दै असोज २ गतेदेखि लागू हुने गरि ग्यास सिलिन्डर २ हजार १ सय रुपैयाँ तोकेको हो ।

खाना पकाउने एलपी ग्यासमा प्रयोग हुने फलामे खाली सिलिन्डर ग्यास उद्योगहरुले खरिद गरेको मूल्यभन्दा अत्यन्त कम धरौटी मूल्यमा कारोबार हुँदै आएकोले सिलिन्डरको धरौटी रकममा एक रुपता ल्याउन नयाँ धरौटी मूल्य तोकिएको समितिले प्रस्ट पारेको छ।

फलामे ग्यास सिलिण्डरको उत्पादन लागत १ हजार ९५० रुपैयाँ रहेको र त्यसको ढुवानी खर्च, बिक्रेताले पाउने कमिसन, सरकारले लिने सबै जोडर प्रतिसिलिण्डर २ हजार १ सय रुपैयाँ तोकिएको जनाएको छ । यो मूल्य वाग्मती प्रदेशभर लागू हुनेछ ।

यसअघि उद्योगीले प्रति ग्यास सिलिण्डर १ हजार ७ सयदेखि २ हजार ६ रुपैयाँमा बेच्दै आएका थिए । फरक–फरक धरौटी रकम हुँदा ग्राहक र विक्रेता सबैलाई अन्यौल भएको थियो।

समितिले उपभोक्ताले सिलिन्डर खरिद गर्दा अनिवार्य रुपमा सम्बन्धित उद्योगको धरौटी रसिद बिक्रेता (डिलर) मार्फत लिन पनि अग्रह गरेको छ। रसिद नलिइएका सिलिन्डरहरुको जबफादेही तथा दायित्व उद्योगले नलिने पनि समितिले स्पष्ट पारेको छ।

सम्बन्धितः

एभरेष्ट ग्यास ग्रुपले ल्यायो नयाँ उद्योग, सातौं प्लाण्ट कैलालीमा

पेट्रोलको मूल्य बढ्यो, डिजेल, मट्टीतेल र एलपी ग्यासको यथावत्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here