कञ्चनपुरमा लोडसेडिङको तालिका सार्वजनिक !

काठमाडौं, २ असोज । कञ्चनपुरको महेन्द्रनगर वितरण केन्द्रले भने विद्युत सेवा अवरुद्ध (लोडसेडिङ) हुने सूचना सार्वजनिक गरेको छ।

महेन्द्रनगर वितरण केन्द्रले बुस कटिङको कार्य सञ्चालन हुने भन्दै विभिन्न ठाउँमा विद्युत सेवा अवरुद्ध हुने सूचना जारी गरेको हो।

महेन्द्रनगर वितरण केन्द्रले २ असोज देखि १३ असोज सम्म विभिन्न ५ फिडर अन्तरगतका सेवा अवरुद्ध हुने जानकारी गराएको हो।

कुलमान घिसिङको कार्यकाल अन्त्य भएपछि यस्तै बाहाना बनाएर लोडसेडिङ पो हुने हो कि भन्ने सार्वसाधारणमा रहेको त्रासकै बीच महेन्द्रनरग वितरण केन्द्रको यस्तो सूचना आएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here