‘मेरो सेयर’बाट सेयर भर्न अनिवार्य ‘पीन कोड’ को व्यवस्था, कसरी लिने ?

काठमाडौं, ४ असोज । सीडीएस एण्ड क्लियरिङ्गले मेरो सेयर प्रयोगकर्ताले अबदेखि सार्वजनिक निष्काशन भएका धितोपत्र खरिदको लागि आवेदन दिँदा अनिवार्य रुपमा पीन कोड प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ ।

सीडीएसले मेरो सेयरलाई थप सुरक्षित बनाउन सफ्टवयरमा रहेको माइ आश्वमा मार्फत सार्वजनिक निष्काशन भएका धितोपत्रको खरिद आवेदन प्रविष्ट गर्दा हाल प्रयोग गर्नुपर्ने ओटिपी लाई प्रतिस्थापन गरी उक्त पीनको व्यवस्था गरेको हो । अब आवेदन दिदाँ ४ कोड डिजिटको पीन हान्नु पर्नेछ ।

जुन सेट गर्नको लागि प्रयोगकर्तालाई मेरो सेयरमा पहिलो पटक लगइन गर्दा अनिवार्य पीन कोड सेट गर्नुपर्ने छ ।

अबदेखि बजारमा निष्काशन हुने सेयरमा आवेदन दिँदा उक्त पीन कोड प्रयोग गर्नुपर्ने छ ।

मेरो सेयर लगइन गर्दा युजरनेम, पासवर्ड राखेर लगइन गरेपछि पीन कोड हाल्ने अप्सन आउँछ । त्यसमा मेरो सेयर प्रयोगकर्ताले अक्षर(अल्फाबेट) नभई अंक (न्युमेरिक नम्बर) हाल्नु पर्ने छ । जुन ४ वटा डिजिटको हुनुपर्ने सीडीएससीले जनाएको छ । उक्त कोड बिर्सिएमा लगानीकर्ताले पुनः रिसेट पनि गर्न मिल्ने व्यवस्था रहेको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here