यस्तो छ वायुसेवा निगमको आन्तरिकतर्फको उडान तालिका

फाइलफोटो

काठमाडौं, ४ भदौं । ६ महिना लामो उडान प्रतिवन्धपछि सोमबारबाट नेपालमा आन्तरिक हवाई सेवाले उडान थाल्दैछन् । यसका लागि सम्पूर्ण तयारी पुरा भएको त्रिभुवन विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

नेपालमा १० चैतबाट आन्तरिक उडान बन्द भएको हो । अब हवाई यात्रामा यात्रुले केही कठिनाई भोग्नु पर्नेछ भने समय पनि केही लामो हुनेछ ।

किनकी अब हवाई यात्राका दौरान सुरक्षा सतर्कता अझ कडा हुनेछ । सुरक्षा सतर्कताको साथ नेपाल वायुसेवा निगमले सोमबारदेखि हुने आन्तरिकतर्फको नियमित उडान तालिका सार्वजनिक गरेको छ ।

निगमले काठमाडौं–रुकम–काठमाडौं, रुकुम–नेपालगन्ज–रुकुम आइतबार र बिहीबार, नेपालगन्ज–जुम्ला–नेपालगन्ज आइतबार, काठमाडौं–भोजपुर–काठमाडौं सोमबार, मंगलबार र शुक्रबार उडान गर्नेछ ।

यस्तै काठमाडौं –दाङ–काठमाडौं सोमबार, बुधबार र शुक्रबार, काठमाडौं–फाप्लु–काठमाडौं आइबार र मंगलबार, काठमाडौं–थामखर्क–काठमाडौं बुधबार उडान गर्ने जनाएको छ ।

यसैगरी नेपालगंज–बाजुरा–नेपालगंज विहिबार, काठमाडौं–ताप्लेजुङ्ग–काठमाडौं र काठमाडौं–खानीडाँडा–काठमाडौं शनिबार र बुधबार उडान हुने निगमले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here