अब डिजिटल माध्यमबाटै रेमिट्यान्स पठाउन सकिने, यस्ता छन् शर्त

काठमाडौं, ५ असोज । विदेशमा रहेका नेपालीहरुले अब डिजिटल माध्यमबाटै नेपालमा पैसा पठाउन पाउने भएका छन् ।

राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले सूचना जारी गर्दै विदेशमा रहेका नेपालीलाई डिजिटल माध्यमबाट रेमिट्यान्स पठाउन पाउने व्यवस्था गरिदिएको हो ।

अब विदेशमा रहेका नेपालीहरुले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, इलोक्ट्रोनिक कार्ड र डिजिटल वालेटहरु मार्फतमा रहेका आफन्तहरुको खातामा पैसा पठाउन पाउने सक्नेछन् । विदेशबाट पठाएको पैसा रेमिट कम्पनीले स्वदेशी मुद्रामा भुक्तानी गर्नुपर्नेछ ।

हालसम्म बैंक खातामा वा रेमिटेन्स कम्पनीबाट मात्रै नेपालमा पैसा पठाउन पाइने व्यवस्था थियो । यो व्यवस्था लागू भएपछि विदेशमा रहेका नेपालीहरु पैसा पठाउनका लागि बैंक वा रेमिट्यान्स कम्पनीमा भौतिक रुपमै उपस्थित हुनु पर्ने छैन ।

विदेशबाट डिजिटल माध्यमबाट पैसा पठाउँदा सम्बन्धित देशको डिजिटल पेमेन्ट इन्स्ट्रुमेन्टमा आवद्ध भएको, उक्त देशको नियामक निकायबाट इजाजत पाएको, क्रस बोर्डर कारोबार गर्दा सुरक्षा सम्बन्धी व्यवस्था उल्लेख गरिएको लगायत संस्थाबाट मात्रै रेमिट्यान्स पठाउन पाउने राष्ट्र बैंकले जनाएको छ ।

यस्ता छन् राष्ट्र बैंकले तोकेका शर्तहरुः