पाेखरामा एनबीआईकाे सम्मेलन, बैंकिङ नैतिकतामा ध्यान दिन पूर्व गभर्नर क्षेत्रीकाे जाेड

नेशनल बैकिङ इन्स्टिच्युटले पोखरामा पहिलो पटक एकदिने सम्मेलनको आयोजना गरेको छ ।

सम्मेलनमा विभिन्न बैकिङ प्रतिष्ठानका करिब एक सय जना प्रतिनिधिहरुको सहभागिता थियो ।

सम्मेलनमा विभिन्न बैंक र वित्तीय संस्थानका १०० वरिष्ठ बैंकिङका प्रोफेसनलहरु उपस्थित थिए ।

नेपाल राष्ट्र बैंक, पोखरा प्रमुख डा. दिल्लीराम पोखरेल र नेशनल बैकिङ्ग ईन्ष्च्यिुटबाट सन्जीव सुब्बाले संयुक्त रुपमा कायक्रम उद्घाटन गरे ।

सम्मेलनमा पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्री, नेपाल राष्ट्र बैंकबाट कार्यकारी निर्देशक नारायण थापा र बैंकिङ विशेषज्ञ अनलराज भट्टराई सहभागी थिए ।

सम्मेलनले बैंकिङ संसारमा सन्चालनको सबैभन्दा महत्वपूर्ण पक्षहरुमा पेपर प्रस्तुतिलाई हाइलाइट गरेको छ । यसमा बैकिंङ एसएमई लोन, राष्ट्रिय अर्थतन्त्रमा बैंकको भूमिका, उत्पादक क्षेत्रमा अवसरको चर्चा बैंकिग क्षेत्रका वरिष्ठ विशेषज्ञहरु द्धारा छलफल भएको थियो ।

पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले बैंकिङ नैतिकतामा ध्यान दिनुपर्ने बताउँदै बैंकिङ नैतिकताका मार्गदर्शक सिद्धान्तहरुमा जोड दिए ।

नर बहादुर थापाले वित्तीय प्रणाली र अर्थव्यवस्थामा बैंकहरुको महत्वपूर्ण भूमिकालाई जोड दिए । वित्तीय सेवाहरुलाई समग्र अर्थतन्त्रमा अधिक रुपमा कुशल बनाउनको लागि ठूलो महत्व रहेकाे उनले बताए ।

अनलराज भट्टराईले एसएमई लोन र यसको समस्या र सम्भावनाहरुमा प्रस्तुत गरे ।

सम्मेलनमा वर्तमान मुद्दामा प्राप्त प्रमुखहरुसँग प्यानल डिस्कसन सेसन पनि राखिएको थियो । विभिन्न बैंकहरुको प्राविधिक वरिष्ठ, प्रदेशिक प्रमुखहरु, पुजन राज अर्याल, नेपाल एसबीआई बैंक लि., मोहन के. सी.एनएमबी बैंक लि., र अमित श्रेष्ठ, सिद्धार्थ बैंकबाट वर्तमान मुद्दाहरु र चुनौतीहरुको विषयमा छलफल गरिएको थियो ।

साथै सम्मेलनको औपचारिकता बाहेक यसपटक भने एनबीआईले द्धारा नेपाली बैकिङ क्षेत्रमा भएका समस्या चुनौतीहरुलाई समाधान गरि वर्तमान अवस्थालाई सुदृण पार्ने विश्वास लिएको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here