धेरै स्थानमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं, ७ असोज । नेपालमा काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा अहिले उच्च वर्षा भइरहेको छ ।

यसले नदी किनारका वस्तीमा क्षति पुग्ने र पहाडी भेगमा पहिरोका डर हुने भन्दै जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सचेत गराएको छ । अहिले देशभरको मौसम बदली भई पानी परिरहेको हो ।

साथै प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का १/२ स्थानमा भने धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको ‘मौसम पूर्वानुमान बुलेटिन’मा उल्लेख छ।

यसैगरी राति पनि देशका धेरै स्थानमा वर्षा जारी रहने तथा सबै प्रदेशका थोरै-थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १/२ स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

मुलुकको धेरै जसो स्थानमा हल्कादेखि मध्यम र केहि स्थानमा भारी वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । महाशाखाका अनुसार आज भरेसम्मै मौसम प्रतिकुल नै रहनेछ ।

भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्युन चापीय क्षेत्र बनेपछि त्यसको प्रभाव नेपाली आकासमा समेत परेको हो । यसले वर्षा निम्त्याउन भूमिका खेलेको छ । वर्षा भने आगामी शुक्रबारसम्म नै रहि रहनेछ ।

हालको मौसमको अवस्था

हाल देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्ययम वर्षा भईरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

असोज ७ गते (बुधबार)

दिउँसो : देशभर सामान्य देखि पुर्णतया बदली रही देशका घेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशका थोरै-थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का १-२ स्थानहरुमा धेरै भारी वर्षाको समेत संभावना रहेको छ ।

राती : देशभर सामान्य देखि पुर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशका थोरै-थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश,प्रदेश नं ५ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा धेरै भारी वर्षाको समेत संभावना रहेको छ।

असोज ८ गते (बिहिबार)

दिउँसो : देशभर सामान्य देखि पुर्णतया बदली रही देशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशका थोरै-थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा धेरै भारी वर्षाको समेत संभावना रहेको छ।

राती : देशभर सामान्य देखि पुर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सबै प्रदेशका थोरै-थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का १-२ स्थानहरुमा धेरै भारी वर्षाको स्थानहरुमा धेरै भारी वर्षाको समेत संभावना रहेको छ।

असोज ९ गते (शुक्रबार)

दिउँसो : प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशमा पुर्णतया बदली रही बांकी प्रदेशहरुमा सामान्य बदली रहनेछ। प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशमा धेरै स्थानहरूमा र बांकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशका थोरै-थोरै स्थानमा भारी वर्षा र१-२ स्थानहरुमा धेरै भारी वर्षाको समेत संभावना रहेको छ।

राती : प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशमा पुर्णतया बदली रही बांकी प्रदेशहरुमा सामान्य बदली रहनेछ। प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशमा धेरै स्थानहरूमा र बांकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशका थोरै-थोरै स्थानमा भारी वर्षा र १-२ स्थानहरुमा धेरै भारी वर्षाको समेत संभावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

सबै प्रदेशका थोरै-थोरै स्थानमा भारी वर्षा साथै प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here