यूईएफए सुपर कपको उपाधि बायर्न म्युनिखलाई

काठमाडौं, ९ असोज । सेभियालाई हराउँदै यूईएफए सुपर कपको उपाधि बायर्न म्युनिखले जितेको छ ।

विहिबार राती हंगेरीको बुढापेष्टमा भएको खेलमा सेभियालाई अतिरिक्त समयमा २- १ गोलले हराउँदै प्रतियोगिताको उपाधि जितेको छ । बायर्नले सात वर्षपछि उपाधि हात पारेको छ ।

अन्तिम पटक सन् २०१३ मा सुपर कपको उपाधि जितेको बायर्न त्यसपछि फाइनल खेल्न सकेको थिएन ।

निर्धारित ९० मिनेटमा एक(एकको बराबरी खेल अतिरिक्त समयमा धकेलिएको थियो । त्यसपछि एक सय चार मिनेटमा बायर्नका मार्टिनेज अगुइनागाले गोल गरेपछि बायर्न विजयी भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here