न्यून चापिय क्षेत्र उत्तर-पूर्व सर्दै, कस्तो रहन्छ आगामी तीन दिनको मौसम ?

काठमाडौं, ९ असोज । शुक्रबारदेखि पानी कम पर्दै जाने मौसमविद्ले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १ र २ का थोरै तथा वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक/दुई ठाउँमा आज पनि ठूलो पानी पर्ने सम्भावना छ ।

अरु ठाउँमा पनि हल्कादेखि मध्यम खालको वर्षा हुनेछ । तर बुधबार, विहिबार जस्तो लगातार झरीको संभावना भने नभएको मौसमविद्ले जनाएको छ ।

शुक्रबार बिहान कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली र वाँकी प्रदेशमा सामान्य बदली रही प्रदेश १, प्रदेश २, वागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

मौसम विश्लेषण

हाल भारतको मध्य प्रदेशको पुर्वी भु-भागमा न्युन चापीय क्षेत्र रहेको छ। साथै यो न्युन चापिय क्षेत्र उत्तर-पुर्व सर्दैछ।

हालको मौसमको अवस्था

हाल कर्णाली प्रदेश र सुदुर-पश्चिम प्रदेशमा आंशिक बदली र वाँकी प्रदेशमा सामान्य बदली रही प्रदेश न १ प्रदेश न २ बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

असोज ९ गते (शुक्रबार)

दिउँसो : देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र प्रदेश नं २ का थोरै स्थान तथा बागमती प्रदेश र गण्डकी प्रदेशको एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २ र गण्डकी प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

असोज १० गते (शनिबार)

दिउँसो : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश न ५ मा सामान्य बदली रही केही स्थानहरू र कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र गण्डकी प्रदेशका एक दुइ स्थानहरुमा मध्यम वर्षाको समेत संभावना रहेको छ।

राती : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश न ५ मा सामान्य बदली रही केही स्थानहरू तथा कर्णाली प्रदेश र सुदुर-पश्चिम प्रदेशमा आंशिक बदली रही एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ का एक दुइ स्थानहरुमा मध्यम देखि भारी वर्षाको समेत सम्भावना रहेको छ।

असोज ११ गते (आइतबार)

दिउँसो : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेश, मा सामान्य बदली रही थोरै स्थानहरू तथा प्रदेश न ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुइ स्थानहरुमा स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ का एक दुइ स्थानहरुमा मध्यम वर्षाको समेत सम्भावना रहेको छ।

राती : प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरू तथा वाँकी प्रदेशहरुमा आंशिक बदली रही एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

प्रदेश नं १ र प्रदेश नं २ का थोरै स्थान तथा बागमती प्रदेश र गण्डकी प्रदेशको एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here