यूएईको निजी क्षेत्रमा काम गर्ने महिलालाई अब पुरुषको सरह तलब

काठमाडौं । निजी क्षेत्रका पुरुष र महिलाका लागि समान तलब सुनिश्चित गर्ने नयाँ कानून यूएई लागू भएको छ ।

नयाँ कानून राष्ट्रपति, महामहिम शेख खलीफा बिन जायद अल नाह्यानले जारी गरेका हुन् । नयाँ कानून अनुसार एउटै कम्पनीमा, एकटै ओहोदामा कार्यरत महिला पुरुषको पारिश्रमिक बराबर हुने स्थानीय पत्रिका खलिज टाइमले लेखेको छ ।

नयाँ कानुनले श्रम सम्बन्धमा १९८० मा जारी भएको ८ नम्बर कानुनको ३२ औं धारा परिमार्जन गरेको हो । यस नीतिले महिला सशक्तिकरण गर्दै महिला प्रतिभालाई निजी क्षेत्रमा प्रवेश गर्न प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ ।

नयाँ कानून लागू भएसँगै धेरैले कामको स्थानमा महिला सशक्तिकरणको लागि ठोस कदमको रूपमा स्वागत गरेका छन् । परराष्ट्र राज्यमन्त्री डा. अनवर गर्गाशले महिला सशक्तिकरणको प्रक्रियामा नयाँ सकारात्मक कदम भएको बताएका छन् ।

यसले राष्ट्रिय मूल्यमान्यताको बारेमा सकरात्मक सन्देश पठाउँदछ र निश्चित रूपमा उत्कृष्ट कर्मचारीहरू आकर्षित गर्ने र स्टाफको अनुपस्थिति र कारोबार घटाएर दक्षता र उत्पादकत्व बृद्धि गर्ने छ।

समान तलब सुनिश्चित गर्नु बाहेक यसले पक्कै पनि पुरुष बहुल उद्योगमा क्यारियर बनाउन महिलालाई प्रोत्साहित गर्दछ। र सीप-आधारित क्षतिपूर्ति प्रवर्धन गर्न मद्दत गर्दछ, उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here