समग्र औसत मूल्यवृद्धि घटेपनि तरकारीको मूल्य २८ प्रतिशतले बढ्यो

काठमाडौं ९, असोज । चालू आर्थिक वर्षको पहिलो महिनामा उपभोक्ता मूल्यवृद्धिदर ३.४९ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो वृद्धिदर ६.९५ प्रतिशत थियो । सो अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धिदर ५.३८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको २.०४ प्रतिशत छ ।

अघिल्लो वर्षको तुलनामा समग्र औसत मुल्यवृद्धि घटेपनि गत असारको तुलनामा साउनमा तरकारीको मूल्यवृद्धि २८.२१ प्रतिशतले बढेको राष्ट बैंकको तथ्यांकले देखाएको छ ।

०७६ साउनको तुलनामा ०७७ साउनमा दाल तथा गेडागुडी, माछा तथा मासु र सुर्तिजन्य वस्तुको मूल्य वृद्धि उच्च छ,’ प्रतिवेदनमा भनिएको छ, ‘०७७ असारको तुलनामा गत साउनमा तरकारीको मूल्य २८.२१ प्रतिशतले बढेको छ ।’

गत साउनमा काठमाडौं उपत्यकामा ३.३१ प्रतिशत, तराईमा ४.०२ प्रतिशत, पहाडमा २.७२ प्रतिशत र हिमालमा ४.०७ प्रतिशत मूल्यवृद्धि छ । ०७६ साउनमा यी क्षेत्रको मुल्यवृद्धि क्रमशः ८.६३ प्रतिशत, ६.४६ प्रतिशत, ६.०० प्रतिशत र ५.५७ प्रतिशत थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here