मुलुक ५१ अर्ब ४६ करोडले बचतमा

काठमाडौं ९, असोज । चालु आर्थिक वर्षको पहिलो महिनामा मुलुक ५१ अर्ब ४६ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६ अर्ब ५ करोडले बचतमा थियो ।

अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको पहिलो महिनामा ५ करोड ४२ लाखले बचतमा रहेकोमा समीक्षा अवधिमा ४२ करोड ९४ लाखले बचतमा रहेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।

गत वैशाखमा शोधनान्तर स्थिति १ खर्ब २० अर्ब ९० करोड रुपैयाँले बचतमा थियो । सो अवधिमा आयात घटेको, रेमिट्यान्स आप्रवाह बढेको, सरकारको बाह्रय ऋण बढेको लगायत कारण शोधनान्तरमा राम्रो सुधार देखिएको राष्ट्र बैंकले जनाएको छ ।

गत वर्षका सबै महिना शोधनान्तर स्थिति बचतमा थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here