जनरल इन्स्योरेन्स कम्पनीको आइपीओ खुल्यो

काठमाडौं, ११ असोज । जनरल इन्स्योरेन्सले कम्पनीले असोज ११ गतेदेखि आइपीओ बिक्री खुला गरेको छ ।

जनरलले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३० लाख कित्ता आइपीओ निष्काशन खुला गरेको हो।

कम्पनीले निष्काशन गरेको कुल सेयरमध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ।

सर्वसाधारणले बाँकी २७ लाख ३० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

यस आइपीओमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै आइपीओ बिक्री नभएमा असोज २५ गतेसम्म भर्न सकिने छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ ।

लगानीकर्ताहरुले आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । हाल यस कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ छ । आइपीओ निष्कासन पश्चात चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ ।

सम्बन्धितः

जनरल इन्स्योरेन्स कम्पनीको आइपीओ असोज ११ गतेदेखि

जनरल इन्स्योरेन्सको निर्जीबन बीमा अभिकर्ता तालिम सम्पन्न

जनरल इन्स्योरेन्सको निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here