रेड कर्नर नोटिसमा रहेका कलाकार सुदर्शन गौतम समूहका ४ पक्राउ

काठमाडौं, २७ बैशाख । मानव बेचबिखनको अरोपमा प्रहरीको खोजी सूचीमा रहेका कलाकार सुदर्शन गौतम समूहका ४ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले बताएको छ ।

फरार अभियुक्त गौतम पनि क्यानडामा त्यहाँको पिआर लिएर होटल व्यवसाय सञ्चालन गरी बसिरहेको र अब छिट्टै उनलाई पनि पकाउ गरिने प्रहरीले बताएको छ ।

सुदर्शन गौतमलाई नेपाल प्रहरीले इन्टरपोलको सहयोगमा रेड कर्नर नोटिस जारी गरेको छ ।

उनले दर्जनौं युवाहरुलाई अमेरिका पठाइदिने भन्दै लाखौं रकम असुलेको आरोप छ । गौतमले केहि वर्ष अगाडि कलाकार रेखाथापा सँग हिम्मतवाली फिल्ममा अभिनय समेत गरेका थिए ।

दुवै हात नभएक गौतमले केहि वर्ष अघि सगरमाथाको सफल आरोहण समेत गरेर विश्व रेकर्ड समेत कायम गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here