विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

काठमाडौं, ११ असोज । आइतबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर घटबढ भएको छ ।

आइतबार लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ४८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १८ रुपैयाँ ८ पैसा तोकिएको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ १९ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ३४ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८३ रुपैयाँ ५० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८५ रुपैयाँ ४५ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ २६ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ४३ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५० रुपैयाँ ६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५० रुपैयाँ ८३ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय ११रुपैयाँ ५० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १३ रुपैयाँ १० पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here