हिमालय एयरलाइन्सलाई ‘ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय कार्यान्वयन नगर्न निर्देशन

काठमाडौं, ११ असोज । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले हिमालय एयरलाइन्सलाई भूमिस्थ प्रबन्ध सेवा ‘ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएका छन् ।

नागरिक उड्डयन प्राधिकरणले मन्त्रालयसँग छलफल नै नगरी हिमालयलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङको सुविधा दिएको भन्दै मन्त्री भट्टराईले तत्काल यो निर्णय कार्यान्वयन नगर्न प्राधिकरणलाई निर्देशन दिएका हुन्।

प्राधिकरणका महानिर्देशन राजन पोखरेललाई मन्त्रालयमा नै बोलाएर मन्त्री भट्टराईले हिमालयलाई दिईएको अनुमति बारे जानकारी लिएका थिए। केही दिनयता हिमालयलाई ग्राउण्ड ह्याण्डलिङको जिम्मेवारी दिइएको भन्ने विषयमा विभिन्न सञ्चार माध्यममा समाचार आएको थियो ।

पर्यटनमन्त्री, सचिव र महानिर्देशकबीच भएको सो छलफलमा मन्त्री भट्टराईले मापदण्ड पूरा नगरी ग्राउण्ड ह्याण्डलिङ लिएका अरु कुनै एयरलाइन्स भए पनि तीनको ग्राउण्ड ह्याण्डलिङ सेवा पनि नेपाल एयरलाइन्सलाई दिन निर्देशन दिएका छन् ।

प्राधिकरणको ग्राउण्ड ह्याण्डलिङ निर्देशिका २०७२ को परिच्छेद २ को दफा ४ मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हप्तामा ३५ उडान गर्ने एयरलाइन्स कम्पनीलाई ग्राउण्ड ह्याण्डलिङ सुविधान दिन सकिने उल्लेख छ। हिमालयले प्राधिकरणमा बुझाएको प्रस्तावमा हप्तामा ४५ उडान अनुमति पाएको देखाईएको बताईएको छ ।

हिमालयबाहेक एयर एण्डिया र थाई एयरवेज इन्टरनेशनलले मात्र सेल्फ ग्राउण्ड ह्याण्डलिङ सुविधा प्राप्त गरेका छन् । प्राविधिकरणले हाल नेपालमा व्यावसायिक ग्राउण्ड ह्याण्डलिङको सेवा प्रदान गर्न नेपाल वायुसेवा निगमलाई मात्र अनुमति दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here