घट्यो सेयर बजार, फाइनान्स र विकास बैंकबाहेक सबै समूह राताम्मे

काठमाडौं, १२ असोज । सातको दोस्रोदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले घटेको छ ।

सोमबार नेप्से ४.७३ अंकले घटेर १५६०.८३ विन्दुमा कायम भएको छ । यसदिन १९१ कम्पनीको १ अर्ब ६९ करोड १ लाख ५४ हजार ५३४ रुपैयाँ बराबरको कारोबार भएको छ । ६९ लाख ९७ हजार ४२० कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १२ वटा समूहमध्ये फाइनान्स र विकास बैंक समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी १० समूहको परिसूचक ओरालो लागेका छन् ।

सोमबार नेपाल फाइनान्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । भने आज नेपाल फाइनान्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here