हाइड्रोपावरको सेयरमा झुम्मिए लगानीकर्ता, रोजाइमा अरुण काबेली

काठमाडौं, १३ असोज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले घटेको छ ।

मंगलबार नेप्से ७.२१ अंकले घटेर १५५३.६२ विन्दुमा कायम भएको छ । यसदिन १९२ कम्पनीको १ अर्ब ८२ करोड ९८ लाख ७२ हजार ९६८ रुपैयाँ बराबरको कारोबार भएको छ । ७३ लाख ५ हजार १११ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १२ वटा समूहमध्ये ३ वटा समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी ९ समूहको परिसूचक ओरालो लागेका छन् । आज हाइड्रोपावर समूहको परिसूचक सबैभन्दा धेरै २८.०५ अंकले बढेको छ भने निर्जीवन समूहको परिसूचक ४४.९९ अंकले घटेको छ ।

लगानीकर्ताको रोजाइमा अरुण काबेली हाइड्रोपावरको सेयर परेको छ । यसको सबैभन्दा धेरै १७ करोड ४१ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा हिमाल दोलखा हाइड्रोपावर र नेपाल पुनर्बीमा कम्पनीको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

एक दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीहरूमा ११ कम्पनी हाइड्रोपावर रहेका छन् । जोशी, हिमालयन ऊर्जा, आँखुखोला, घलेम्दी लगायत १२ कम्पनीका सेयर सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here