काठमाडौं उपत्यकामा थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १३ असोज । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९३४ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको परिक्षणमा काठमाडौंमा ७४७ ललितपुरमा ११४ र भक्तपुरमा ७३ जनालाई कोरोना संक्रमण देखिएको छ।

जसअनुसार काठमाडौंमा ३०७ महिला र ४४० पुरुष, भक्तपुरमा २८ महिला र ४५ पुरुष, ललितपुरमा ४७ महिला र ६७ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

उपत्यकामा कोराना संक्रमितको संख्या २२ हजार ९६४ पुगेको छ। काठमाडौंमा १८ हजार ५७७ ललितपुरमा २ हजार ३४६ र भक्तपुरमा २ हजार ३७ संक्रमित पुगेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here