जनरल इन्स्योरेन्सको आइपीओमा ७.०१ गुणा बढी आवेदन

काठमाडौं, १३ असोज । जनरल इन्स्योरेन्सको आइपीओमा आवेदन दिनेको ओइरो लागेको छ ।

मंगलबार साँझसम्ममा ६ लाख ८१ हजार ३७३ जनाले १ करोड ९१ लाख ६१ हजार ९९० कित्ताको लागि आवेदन दिएका छन् ।

यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कुल २७ लाख ३० हजार कित्तालाई आधार मान्दा ७.०१ गुणा बढी आवेदन हो ।

दोस्रो दिनमा मात्रै ४ लाख जनाभन्दा बढीले कम्पनीको आईपीओमा आवेदन दिएका थिए । पहिलो दिनभने १ लाख जना आवेदकले कम्पनीको आईपीओ भरेका थिए ।

जनरलले असोज ११ गतेबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३० लाख कित्ता आइपीओ जारी गरेको हो । जसमा कुल सेयरमध्ये १ लाख २० हजार कित्ता अर्थात् ४५ सेयर कर्मचारीले पाउनेछन् ।

यस्तै, १ लाख ५० हजार कित्ता अर्थात् ५५ म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ । बाँकी २७ लाख ३० हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

उक्त कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परिसकेकोले आगामी असोज १४ गतेसम्म मात्रै आवेदन दिन सकिनेछ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here