रुसले बनाएको कोरोनाविरुद्ध खोपको २ करोड ५० लाख डोज नेपाल ल्याउने सहमति

प्रतिनिधि तस्बिर ।

काठमाडौं, १३ असोज । रुससँग कोरोना विरुद्धको खोप नेपाल आपूर्ती गर्ने सहमति भएको छ ।

रुसको स्पुतनिक–भी भ्याक्सिन निर्माता कम्पनी रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड र औषधि निर्माता कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच नेपालमा खोप आपूर्ती गर्नो सहमति भएको हो ।

उक्त व्यापारिक सम्झौता अनुसार २ करोड ५० लाख डोज खोप नेपाल ल्याइनेछ । उक्त संख्याको भ्याक्सिनले नेपालको ९० प्रतिशत जनसंख्या समेट्नेछ ।

उक्त भ्याक्सिन आपूर्तीका लागि हालसम्म एसिया, मध्यपूर्व, ल्याटिन अमेरिका, युरोप, सीआईएसलगायतले अप्लाइन गरिरहेका छन् ।

यसअघि मेक्सिकोमा ३ करोढ २० लाख, ब्राजिलमा ५ करोड, भारतमा १ सय करोड डोज र उजेब्किस्तानमा साढे ३ करोड डोजका आपूर्ती गर्ने घोषणा भइसकेको छ ।

गत अगस्ट ११ मा स्पुतनिक ५ भ्याक्सिन रसियाको गमालिया नेसनल रिसर्च इन्स्टिच्युट अफ इपिडेमियोलोजी एन्ड माइक्रोबायोलोजीले उत्पादन गरी त्यहाँको स्वास्थ्य मन्त्रालयमा दर्ता गरेको थियो ।

स्पुतनिक ५ भ्याक्सिन कोरोना भाइरस विरुद्धको विश्वको पहिलो भ्याक्सिन हो । यो ह्युमन एडेनोभाइरस भेक्टर प्लेटफर्ममा आधारित छ ।

जुन दशकौंसम्म सुरक्षित साबित भएको छ । जसमा ७५ अन्तर्राष्ट्रिय वैज्ञानिक प्रकाशनहरू र २५० भन्दा बढी क्लिनिकल परीक्षणहरू समावेश छन्,” रुसी प्रत्यक्ष लगानी कोषले भनेको छ ।

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले उक्त खोपको अन्तिम चरणको परीक्षणमा आफ्नै छोरीमा पनि परीक्षण गरेको बताएका थिए ।

तर पश्चिमी मुलुकका कतिपय विज्ञहरुले रुसले तीव्र रुपमा खोप बनाएको कुरालाई स्वीकार गर्न तत्परता देखाएका छैनन् ।

उनीहरुले यसको विकासको चरणमाथि नै आशंका गर्दै आएका छन् । विश्व स्वास्थ्य संगठनले भने यो खोपलाई मान्यता दिइसकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here