चाडपर्व लक्षित सहुलियत पसल बिहिबारदेखि, कुन वस्तुमा कति छुट ?

फाइलफोटो

काठमाडौं, १४ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैं, तिहार र छठलाई समेत लक्षित गरी असोज १५ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।

कम्पनीले साल्ट ट्रेडिङ र दुग्ध संस्थानसँग समन्वय गरेर सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सूचना अधिकारी सर्मिला न्यौपानेको अनुसार सुपथ मूल्य पसल उपत्यकाको ५ ठाउँ र उपत्यका बाहिर २४ मा सञ्चालन हुनेछ ।

उपत्यकामा थापाथली, रामशाहपथ, नख्खु, लगनखेल र सूर्यविनायकमा रहेका बिक्री काउन्टरबाट सुपथ मूल्य पसल सञ्चालन गर्ने सूचना अधिकारी न्यौपानेले क्लाउड पत्रिकालाई जानाकारी दिईन् ।

उपत्यकाबाहिर भने बनेपा, बिर्तामोड, विराटनगर, राजविराज, लाहान, जनकपुर, वीरगन्ज, हेटौंडा, नारायणगढ, पोखरा, बागलुङ र भैरहवामा यस्ता पसल सञ्चालन गरिने छ ।

टिकापुर, कृष्णनगर, दाङ, सुर्खेत, नेपालगन्ज, धनगढी, महेन्द्रनगर, दिपायल, डँडेलधुरा, बैलौरी र त्रिशूलीमा पनि सुपथ मूल्य पसल सञ्चालन सञ्चालन गरिने छ ।

सरकारी सुपथ मूल्य पसलबाट उपभोक्ताले सामान खरिद गर्न सक्नुका साथै अनलाइनबाट पनि खरिद गर्न सक्नुहुन्छ,’न्यौपालेले भनिन् ‘हामीले खाद्य सामग्री होम डेलिभरीको समेत व्यवस्था गरेका छौं । कोरोना माहामारीका बीच सुरु गर्न लागेकोे सूपथ मूल्य पसल आवश्यकता अनुसार थप गर्दै जाने बताईन् ।’

खाद्य कम्पनी, साल्ट ट्रेडिङ तथा दुग्ध विकास संस्थानबाट सञ्चालन हुने सुपथ मूल्यका पसलहरुमा बजार मूल्यभन्दा ५ देखि १० प्रतिशत सहुलियतमा खाद्य वस्तु विक्री वितरण गरिने उनले बताईन् ।

चामलमा प्रतिकेजी ५ रुपैयाँ, सिमी र मासुमा प्रतिकेजी १० रुपैयाँ छुट दिने निर्णय भैसकेको र अन्य सामानमा कति छुट दिने भन्ने बारे निर्णय हुने बाँकी रहेको उनले क्लाउड पत्रिकासँग भनिन् ।

यस वर्ष कम्पनीले दशैंमा बिक्री गर्ने खसीबोका तथा च्याङ्ग्राभेडा बजार मूल्यभन्दा १५ देखि २० प्रतिशत सस्तोमा बिक्री गर्ने भएको छ ।

दशैं अवधिमा खसी, बोका, च्याङग्रा र भेडा समेत बिक्री गर्नेछ । कम्पनीले यस वर्ष ५ करोड ९९ लाख रुपैयाँको ३ हजार खसी बोका/भेडा च्याङ्ग्रा बिक्री गर्ने योजना बनाएको छ ।

निजी क्षेत्रबाट हुने अधिक मंहगी नियन्त्रण गर्ने उपाय स्वरुप सरकारले हरेक वर्ष चाडपर्वलाई लक्षित यस्ता पसल संचालन गर्छ । जसले गर्दा कालोबजारी र मंहगी नियन्त्रण हुने विश्वास गरिन्छ ।

असोज १५ गतेबाट सञ्चालन हुने उक्त सुपथ मूल्य पसल आगामी मंसिर ७ गतेसम्म पसल सञ्चालन हुनेछ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here