मोबाइलबाटै किन्नुस् अब मनकामना केबुलकारको टिकट

काठमाडौं, १४ असोज । नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार र डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवा बीच टिकट खरीद बिक्री सम्झौता भएको छ ।

सम्झौतासँगै मनकामना दर्शन गर्न जाने भक्तजनहरुले इ–सेवा मार्फत मोबाइलबाटै टिकट किन्न सक्नेछन् ।

यसले यात्रु तथा दर्शनार्थीलाई पहिला जस्तो लामो लाइनमा बस्नु पर्ने अवस्थाको अन्त्य गरेको छ ।

भक्तजनको स्वास्थ्य सुरक्षा ध्यान दिदै टिकट खरिद गर्दा नगद रहित कारोबारलाई समेत प्रोत्साहन गर्ने उद्देश्यले केबुलकारले यस्तो व्यवस्था थप गरेको कम्पनीले बताएको छ ।

यसरी टिकट खरिद गर्दा सोझै भक्तजनको मोबाइल र कम्प्यूटरमा ई–टिकट प्राप्त हुन्छ सोही ई–टिकट देखाई यात्रा गर्न सकिनेछ ।

मनकामना केबुलकार हाल कोरोना भाइरसका कारण सञ्चालन बन्द रहेको छ । केबुलकार सञ्चालन भएपछि भक्तजनहरुले यो सेवा प्रयोग गर्न सक्नेछन् ।

सरकारले धार्मिक मठमन्दिर खुल्ला गर्ने निर्णय गर्न साथ उच्च स्वास्थ्य सुरक्षाका साथ केबुलकार सेवा सञ्चालन गर्ने तयारी अवस्थामा रहेको छ ।

सम्बन्धितः

मनकामना केबुलकारले गरायो सरकारलाई ध्यानाकर्षण

भ्रमण वर्षमा गन्तव्य गोरखा, नेपाल राज्यको इतिहास घुमौं

कृषि विकास बैक र इसेवा मनी ट्रान्सफरबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

इसेवा मनि ट्रान्सफर र रेमिटलि युएसएबीच डिजिटल रेमिट्यान्स् सम्झौता

‘मेरो सेयर’को एकाउन्ट नविकरण अब इसेवाबाट, क्यापिटलमा जानुपर्ने बाध्यताबाट मुक्ति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here