काठमाडौं–तराई फाष्टट्र्याकमा सुरुङ निर्माणको दुई प्याकेजमा ४३ कम्पनी इच्छुक

fast track

काठमाडौं, १४ असोज । काठमाडौं–तराई फाष्टट्र्याकमा सुरुङ निर्माणको दुई प्याकेजमा ४३ कम्पनीले आवेदन दिएका छन् ।

नेपाली सेनाले सुरुङ निर्माण प्याकेज १ र २ का लागि आह्वान गरेको बोलपत्रमा ४३ कम्पनीले आवेदन दिएको सेनाले बताएको छ ।

छोक्रेडाँडादेखि धेद्रे खोलासम्मको प्याकेज १ का लागि आवेदन दिने २१ र धेद्रेखोलादेखि लेनडाँडासम्म प्याकेज २ का लागि वोलपत्र दाखिला गर्ने २२ कम्पनी छन् ।
बोलपत्र बुधबार खोलिएको हो ।

प्याकेजमा योजना, डिजाइन, इञ्जिनियरिङ, खरीद, निर्माण र दुई डबल लेन एक्सप्रेसवे टनेल, पुल समावेश छन् ।

सेनाले इञ्जिनियरिङ प्रोक्युरमेण्ट कन्स्ट्रक्सन (ईपीसी) अन्तर्गत निर्माण ठेक्का दिन लागेको हो । आवेदन दिएका कम्पनीहरुमध्येबाट योग्य कम्पनीलाई सूचीकृत गरि छनोट प्रक्रिया अघि बढाइने सेनाले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here