विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ डलरदेखि रियालसम्मको भाउ

काठमाडौं, १५ असोज । अमेरिकी डलरको भाउ सामान्य घटेको छ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३३ पैसा निर्धारण गरेको छ ।

यसअघि बुधबार एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ८७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ४७ पैसा रहेको थियो ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ३३ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ४८ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८३ रुपैयाँ ९९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८५ रुपैयाँ ९५ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ३३ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ५० पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५१ रुपैयाँ ८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५१ रुपैयाँ ८५ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १२ रुपैयाँ १६ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १३ रुपैयाँ ७५ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here