देशभरका यी ठाउँमा सुपथ मूल्य पसल सञ्चालन, कुन सामानमा कति रुपैयाँ छुट ?

फाइलफोटो

अनलाइनबाट पनि किन्न सकिने

काठमाडौं, १५ असोज । सरकारले बिहिबारदेखि दशैं, तिहार र छठलाई लक्षित गर्दै सुपथ मूल्य पसल सञ्चालन गरेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले साल्ट ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थानसँग सहकार्य गर्दै देशभरका आफ्ना कार्यालय, डिपो, डिलर तथा घुम्ती पसलमार्फत् सुपथ मूल्य पसल शुरु गरेको हो ।

काठमाडौं उपत्यकामा सिंहदरबार, टेकु, कालिमाटी, कोटेश्वर, सतुंगल, ललितपुर, भक्तपुर लगायत १६ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा आएको छ ।

उपत्यका बाहिर बनेपा, बिर्तामोड, विराटनगर, राजविराज, लगायत ६५ स्थानमा सुपथ पसल सञ्चालन हुनेछन् । दशैं, तिहार, छठ पर्वलाई लक्षित गरी सञ्चालन भएको सुपथ पसलमा नून प्रतिकिलो १८ रुपैयाँका दरले खरिद गर्न सकिनेछ ।

चामलमा प्रतिकिलो पाँच रुपैयाँ, बासमती चामल, गेडागुडी र कर्णालीको सिमीमा प्रतिकिलो १० रुपैयाँ छुट दिइएको छ । चिनीमा प्रतिकेजी पाँच रुपैयाँ छुट पाइने छ ।

त्यस्तै च्यांग्र्रा र खसी–बोकामा जिउँदो मूल्यमा प्रतिकिलो १० रुपैयाँ छुट दिइने मन्त्रालयले जनाएको छ । उपभोक्ताहरुले डीडीसी घिउमा प्रति लिटर ३० रुपैयाँ छुट पाउने छन् ।

तर प्रति-परिवार चार किलोका दरले मात्रै खरिद गर्न पाइनेछ । फापरमा प्रतिकिलो पाँच रुपैयाँ र सेतो केराउमा प्रतिकिलो पाँच रुपैयाँ छुट दिइएको मन्त्रालयले जनाएको छ । यस्ता पसलहरु आगामी मंसिर ६ गतेसम्म सञ्चालन हुने व्यापार कम्पनीले जनाएको छ ।

चाडपर्व लक्षित सहुलियत पसल बिहिबारदेखि, कुन वस्तुमा कति छुट ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here