भायनेटले ल्यायो चाडपर्व अफर

काठमाडौं । भायानेटले चाडपर्वको अफर ल्याएको छ। यसले ‘भायानेट बडा दशैंमा बडा टिभी’ अफर ल्याएको हो। यो योजनामा ग्राहकहरुलाई टेलिभिजन सेट र क्यास भाउचर दिइनेछ।

ग्राहकले ४३ इन्चको स्काइवोर्थ लेड टिभी, ३० एमबीपीएस इन्टरनेटको वार्षिक प्लान र भायाटिभी सेवा ४१ हजार ९९० रुपैयाँमा पाउँछन्।

३२ इन्चको सोही टिभी ३० एमबीपीएस इन्टरनेटको वार्षिक प्लान र भायाटिभी सेवा २८ हजार ९ सय ९० पाउँनेछन्।

भायानेटले इसेवाको ६५० सम्मको क्यास भाउचर दिनेछ। पुराना ग्राहकहरुले थप ६०० सम्मको छुट पनि पाउँछन्।

ग्राहकले बजारमा भन्दा ३५ प्रतिशत बढी छुट पाउने भायानेटले बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here