दोहोरो अंकले बढ्यो नेप्से, २ अर्ब ८० करोड बढीको कारोबार

काठमाडौं, १५ असोज । सेयर कारोबार हुने साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले वृद्धि भएको छ ।

बिहिबार नेप्से २०.६१ अंकले बढेर १५७१.४ विन्दुमा कायम भएको हो। यसदिन १९३ कम्पनीको ९९ लाख ३० हजार ८ सय ३० कित्ता सेयर किनबेच भएको छ ।

२ अर्ब ८० करोड ७७ लाख ८ हजार १ सय ३७ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा आएका १२ वटा समूहमध्ये हाइड्रोपावर र म्यूचुअल फण्डबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ ।

आज निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ३३२.४१ अंकले बढेको छ भने हाइड्रोपावर समूहको परिसूचक २४.७६ अंकले घटेको छ ।

५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । कामना सेवा, कर्पोरेट डेभलपमेन्ट, सप्तकोशी विकास बैंक, मल्टी प्रपोज फाइनान्स र दिव्यश्वरी हाइड्रोपावरका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

निवर्तमान अर्थमन्त्री डा। युवराज खतिवडा अमेरिकाका लागि नेपाली राजदूतमा सिफारिस भएसँगै सेयर बजारमा उछाल आएको कतिपय लगानीकर्ताहरूको विश्लेषण छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here