नेपालमा ओपो एफ १७ प्रोको बिक्री सुरु, यस्ता छ विशेषता र मूल्य

काठमाडौं । ओपोले नेपालमा आजबाट एफ१७प्रोको बिक्री आरम्भ गरेको छ । कम्पनीले देशभर रहेका प्रमुख अफलाइन रिटेल स्टोर्समार्फत स्मार्ट फोनको बिक्री खुल्ला गरेको हो ।

सेप्टेम्बर २७मा एक अनलाइन लन्च इभेन्टमार्फत ओपोले नेपालका लागि आफ्नो फ्ल्यागशिप मोडल ओपो एफ१७प्रो का साथमा एन्को डब्ल्यू५१ र ओपो वाच पनि सार्वजनिक गरेको थियो ।

नेपालमा ओपोको दोस्रो अनलाइन लन्च इभेन्टमा नेपाली चलचित्र जगतका लोकप्रिय स्टार्स, ओपोका ब्राण्ड फ्रेन्ड तथा नायिका स्वस्तिमा खड्का, नायक अनुपविक्रम शाही, नयिका तथा मोडल अलिशा राईका साथै फोटोग्राफर तथा चलचित्र निर्माता सन्जोग राईले पनि उपस्थिती जनाएका थिए ।

नेपालमा ओपो एफ१७प्रोको मूल्यः

८जीबी र्याम र १२८जीबी सञ्चय क्षमताका साथमा उपलब्ध गरिएको ओपो एफ१७प्रोको मूल्य नेपालमा रु. ४३ हजार ९ सय ९० तोकिएको छ । कम्पनीले स्मार्टफोन म्याजिक ब्लु र म्याट ब्ल्याक गरी दुई आकर्षक रंगमा उपलब्ध गराएको छ ।

फोनका विशेषता

ओपो एफ१७प्रोमा ६.४३ इन्च सुपर एमोलेड एफएचडी+ डिस्प्लेका साथमा १६एमपी +२ एमपी फ्रण्ट क्यामेरा सेटअपका लागि डुअल पञ्च/होल कटआउट दिइएको छ । यस स्मार्टफोनको ब्याक प्यानलमा ४ ओटा क्यामेरा सेन्सरको ब्यवस्था गरिएको छ ।

तिनमा ४८एमपीको प्राइमरी क्यामेरा, ८एमपी अल्ट्रा वाइट, २एमपी माइक्रो र २एमपी डेप्थ सेन्सर रहेका छन् । ओपोका अनुसार एफ१७प्रो “सन् २०२० कै स्लिकेस्ट फोन” हो । यसको मोटाई ७.४एमएम अल्ट्रा/थिन र वजनजम्मा १६४ ग्रामको अल्ट्रा/लाइटवेट बडी छ ।

एफ१७प्रोमा मिडियाटेक हेलियो पी९५ एआई चिपसेटका साथमा ८ जीबी र्याम र १२८ जीबी सञ्चय क्षमता उपलब्ध गरिएको छ ।

यसलाई प्रयोगकर्ताले आफ्नो आवश्यकताअनुसार यसमा रहेको थ्रीकार्ड स्लोटका माध्यमबाट सञ्चय क्षमतालाई ५१२जीबी सम्म बढाउन सक्छन् । एफ१७प्रोको एन्टि ल्यागिङ अल्गोरिथमले मेमोरी एरर उत्पन्न गराउन सक्ने डाटाको पहिचान गरी तिनको सफाइ गर्ने क्षमता राख्छ ।

यसले गर्दा स्टटर्स र फ्रिज हुने जस्ता समस्या आउन पाउँदैन । त्यसैगरी, फोनको प्रदर्शनीमा अझ उत्कृष्टता दिने सोचका साथ यसमा ३०वाट भोक फ्ल्याश चार्ज प्रविधि सुसज्जित ४,००० एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ ।

साथै, प्रयोगकर्ताको सुरक्षामा विशेष ध्यान दिँदै फोनमा ईन/डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर र उपकरण अनलकिङका लागि फेस अनलक प्रविधि पनि उपलब्ध गरिएको छ ।

ओपो एफ१७प्रोमा एण्ड्रोइड १० मा आधारित कलर ओएस ७.२ सञ्चालन प्रणालीको ब्यवस्था गरिएको छ । ओपो१७प्रो नयाँ कलर ओएस भर्जनका साथमा सार्वजनिक हुने पहिलो ब्याट्चका स्मार्ट फोन मध्येको हुनेछ ।

एन्को डब्लु५१ र ओपो वाचको पनि बिक्री खुल्ला

ओपोले नेपालमा आफ्ना आइओटी उपकरणको श्रेणीमा थप बृद्धि गर्दै एन्को डब्लु५१ र ओपो वाच पनि आजैबाट उपलब्ध गराएको छ ।

ओपो वाच, ४१ एमएम र ४६एमएम गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ । तिनको मूल्य क्रमशः रु. २४,९९० र रु. ३४,९९० निर्धारण गरेको छ । त्यसैगरी, ओपो एन्को डब्लु५१को मूल्य ८,९९० निर्धारण गरेको छ ।

सम्बन्धितः

ओपोको एफ १७ प्रो सार्वजनिक, यस्ता छन् विशेषता, मूल्य कति ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here