काठमाडौं, १६ असोज । निर्माण क्षेत्रमा नियमित तलब पाउने कर्मचारी तथा कामदारमध्ये ५० प्रतिशतले मात्र तलब पाएको सम्बन्धित उद्योगहरुले बताएका छन् ।
केन्द्रीय तथ्यांक विभागका अनुसार २०७६।७७ मा निर्माण क्षेत्रको योगदान ४ खर्ब ८८ अर्ब रुपैयाँ थियो ।
निर्माण क्षेत्रमा १७ लाख कामदार कार्यरत छन् जसमा ३ लाख जना महिनावारी तलब लिने छन् । तर महामारी पछाडी ५० प्रतिशतले मात्र तलब पाएका छन् ।
बाँकी १४ लाखमध्ये ९५ प्रतिशत जतिले रोजगारी गुमाएको नेपाल निर्माण व्यवसायी महासंघले बताएको छ । महामारीले आपूर्ती व्यवस्थालाई भत्काएको छ ।
खानीजन्य, क्रसर तथा फलामजन्य उद्योग बन्द भएका छन् । यसले समग्र निर्माण कार्यलाई ठप्प बनाएको छ ।
महासंघका अनुसार नेपालमा वार्षिक ८ खर्ब रुपैयाँ बराबरको विकास निर्माणको काम हुन्छ । निर्माण क्षेत्रले कुल गार्हस्थ उत्पादनमा करीब ८ प्रतिशत योगदान गर्छ र ३५ प्रतिशत बजेट उपयोग गर्छ ।
करीब ३० लाख मानिसहरुले निर्माणका आयोजनाहरुमा काम गर्छन् । कोभिडले सबै निर्माण आयोजनाहरुलाई कम्तिमा एक बर्ष पछाडी धकेलेको विज्ञहरुको अनुमान छ ।
आर्थिक वर्ष २०७६।७७ मा हासिल भएको २.३ प्रतिशत आर्थिक बृद्धि चालु आवमा १.५ प्रतिशत खुम्चने प्रक्षेपण एडिवीको छ ।
महामारीले सरकारको राजश्व संकलनमा कमि आउने तर सार्वजनिक खर्चमा बृद्धि हुने एडीबीको अनुमान छ ।
सम्बन्धितः
कोरोना महामारीमा सुरक्षित तरिकाबाट निर्माण आयोजनालाई निरन्तरता दिंदै एसियाली विकास बैंक
वैदेशिक सहयोगमा निर्माणाधीन अधिकांश सडक आयोजनाका काम ठप्प
पूर्वाधारमा नयाँ फड्को, सुरुङमार्ग निर्माण सम्बन्धी मापदण्ड तयार
भुक्तानीका लागि निर्माण व्यवसायीको अनुरोध , ठेक्काको म्याद ८ महिना थप्न माग




















