तीनवटा प्रदेशबाट हट्यो मनसुन, कस्तो रहन्छ आगामी तीन दिनको मौसम ?

काठमाडौं, १६ असोज । शुक्रबारको दिनभर मौसम बदली रही विभिन्न ठाउँमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

उत्तरपश्चिम वंगालको खाडीमा न्यून चापीय क्षेत्र रहेकाले हाल देशका पहाडी भूभाग लगायत प्रदेश १ र प्रदेश २ का तराई भेगमा आंशिकदेखि सामान्य बदली भइरहेको महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम, कर्णाली प्रदेश र प्रदेश ५ का पश्चिमी भूभागबाट मनसुन बाहिरिएको विभागले जनाएको छ ।

यसैगरी, शुक्रबार दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली हुने सम्भावना रहेको छ ।

त्यस्तै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

यस्तै, शुक्रबार राति प्रदेश १, प्रदेश २, बागमती प्ररदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली रहने पूर्वानुमान महाशाखाको छ ।

साथै, प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना समेत रहेको छ ।

महाशाखाले जारी गरेको मनसुन बहिर्गमन बुलेटिनमा भनिएको छ- २०७७ असोज १५ गते बिहीबार नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश ५ को पश्चिमिका केही भूभागबाट मनसुन बहिर्गमन भएको छ।

हाल बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र अझै सक्रिय हुने देखिएकाले नेपालका बाँकी भूभागबाट मनसुन बहिर्गमन हुन केही दिन लाग्ने सम्भावना छ।’

आगामी तीन दिनको मौसम पूर्वानुमान

असोज १६ गते (शुक्रबार)

दिउँसो : प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राती : प्रदेश १, प्रदेश २, बागमती प्ररदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

असोज १७ गते (शनिबार)

दिउँसो : प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती : प्रदेश १, प्रदेश २,बागमती प्रदेशमा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी प्रदेशमा आंशिक बदली रही गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

असोज १८ गते (आइतबार)

दिउँसो : प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रही प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती : प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रही प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।