महँगियो तरकारी: घिरौलाको भाउ १५ दिनमै किलोमा ७५ रुपैयाँ बढ्यो

काठमाडौं, १६ असोज । भान्सामा प्रयोग हुने अत्यावश्यक सामान तरकारीको भाउ बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्क अनुसारको १५ दिनमा तरकारीको भाउ तेब्बर वृद्धि भएको छ । थोकको तुलनामा खुद्रा बजारमा भने झनै महंगो रहेको छ ।

मूल्य सूचीअनुसार गएको १५ दिनमा हरियो तरकारीको मूल्यमा २४८ प्रतिशतसम्म वृद्धि भएको देखिन्छ ।

भदौं ३० गते थोक मूल्य प्रतिकिलो २५ रुपैयाँ रहेको घिरौलाको मूल्य असोज १६ गते १ सय रुपैयाँ पुगेको छ । १५ दिनअघि किलोको ६० रुपैयाँ रहेको भिण्डी बढेर १२० रुपैयाँ पुगेको छ ।

तिते करेलाको मूल्यमा प्रतिकिलो ४५ रुपैयाँबाट १ सय रुपैयाँ कायम भएको छ । मटरकोशा ६० रुपैयाँबाट ८० पुगेको छ भने गोलभेडा भाउ भने थोकमा घटेर १ सयबाट ६० रुपैयाँमा आएपनि खुद्रामा भने किलोको १२० रुपैयाँ देखि ४० सम्म पर्ने गरेको छ ।

अन्य तरकारीमो मूल्या पनि प्रतिकिलो २० देखि ३० रुपैयाँ सम्म मंहगो भएको छ । यति बेला वर्षे तरकारीको सिजन सकिने समय भएकाले तरकारीको मूल्य आकाशिएको व्यापारीको दाबी छ ।

वर्षाले गर्दा किसानको बारीमा लगाइएको तरकारी उत्पादन कम भएकोले ‘दशैंसम्म मूल्य अझै बढ्ने व्यापारीहरु बताउँछन् । मुख्यतः अहिले फलफूल तथा तरकारीको मूल्यवृद्धि हुनुमा मौसमनै कारक रहेको सरोकारवालाहरु बताउँछन् ।

तर बेलाबेलामा बढ्ने तरकारीको मूल्यले भने हरेक नेपालीको भान्साको मूल्य बढाइदिन्छ । तरकारीको मूल्य बढ्नुको प्रमुख कारण भनेकै आपूर्ति कम हुनु हो । जब तरकारीको आपूर्ति बढ्दै जान्छ, स्वतः तरकारीको मूल्य घट्दै जान्छ ।

नेपालमा तरकारी तथा फलफूल कम उत्पादन हुने भएकाले तरकारी छिमेकी मुलुक भारतबाट आयात गर्नुपर्ने अवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here