थप ११ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५२० पुग्यो

काठमाडौं, १६ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा मोरङ, ललितपुर, भक्तपुर, काठमाडौं, मकवानपुर, रुपन्देही, बाँके र सुर्खेतमा गरी ११ जनाको मृत्यु भएको हो । ११ जनामध्ये ४ जना महिला र ७ जना पुरुष रहेका छन् ।

मृत्यु हुनेमा मोरङमा २७, ललितपुरमा ३२ र ७० वर्षीय पुरुष, भक्तपुरमा ६१ र ५१, काठमाडौंमा ६७ वर्षीया महिला रहेका छन् ।

मकवानपुरमा ७८, रुपन्देहीमा ६०, बाँकेमा ५२ र ५९ वर्षीय पुरुष र सुर्खेतमा ७५ वर्षीया महिलाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय २० पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here