यती एयरलाइन्सले सिमरा नियमित उडान गर्दै

काठमाडौं, १६ असोज । निजी क्षेत्रको वायुसेवा प्रदायक संस्था यती एयरलाइन्सले १२ वर्षपछि अर्थात यही असोज २१ देखि सिमरामा नियमित उडान गर्नेभएको छ ।

एयरलाइन्सले आफ्नो २२औँ वार्षिकोत्सवका अवसरमा नयाँ गन्तव्यको रुपमा सिमरा पुनः उडान सञ्चालन गर्ने घोषणा गरेको छ ।

सन् २००८ मा काठमाडौँ-सिमरा उडान भरेको यती एअरलाइन्सले १२ वर्षपछि आगामी असोज २१ देखि बाराको सिमरा विमानस्थलमा उडान भर्न लागेको हो । सिमरा यतीको नवौं उडान गन्तव्य हो ।

एअरलायन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले कोभिड-१९ को सङ्क्रमणको समयमा उच्च सर्तकता अपनाएर सिमरा उडान गर्न लागेको जानकारी दिए। ‘सिमरा उडानबारे सम्बन्धित निकायसँग स्वीकृत लिई असोज २१ देखि दैनिक दुई उडानमार्फत सेवा विस्तार गर्नेछौँ,’ उनले भने ।

यतीले सिमरामा जेटईस्ट्रीम-४१ विमानमार्फत प्रत्येक दिन विहान ९:०० बजे र साँझ ४:४५ बजे काठमाडौंदेखि उडान भर्दैछ ।

एअरलाइन्सका विक्री तथा बजार निर्देशक शरल एस जे वि राणाका अनुसार यात्रुहरुको माग बमोजिम पुनःसेवा प्रारम्भ गर्न लागेको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here