सांग्रिला डेभलपमेन्ट बैंकद्वारा ‘पे नेप’सँग सम्झौता, के-के छन् सुविधा ?

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सहज र डिजिटल बैंकिङ्ग सेवा दिँदै आईरहेकोमा थप सुविधालाई मध्यनजर गर्दै पे नेपको (मोरु) बीच सम्झौता गरेको छ ।

यस सम्झौता अन्तर्गत ग्राहकहरुले निकै प्रचलनमा रहेको इन्टरनेट बैंकिङ्ग तथा मोबाईल बैंकिङ्गद्वारा आफ्नो खातामा रहेको रकम पे नेपको (मोरु) मा लोड गरी मोबाईल टपअप, एअर टिकट खरिद, खानेपानी शुल्क भुक्तानी, विद्युत महसुल भुक्तानी, सिनेमाका टिकेट जस्ता विभिन्न अन्य सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।

चेक र एटिएम को विकल्पको रुपमा आएको यो सुबिधा उपयोगी हुने विश्वास बैंकले लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here