शनिबार उपत्यकाका यी स्थानमा ५ घण्टा विद्युत बन्द हुने

काठमाडौं १६ असोज । शनिबार दिउँसो काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विद्युत् बन्द गरिने भएको छ।

नेपाल विद्युत प्राधिकरण, लखनखेल वितरण केन्द्रलेले दिएको सूचना अनुसार लगनखेल वितरण केन्द्र, पुल्चोक वितरण केन्द्र र बालाजु वितरण केन्द्रभित्र पर्ने सबै स्थानमा शनिबार दिउँसो लाइन सटडाउन हुनेछ।

बालाजु वितरण केन्द्रअन्तर्गत पर्ने विष्णुमति फिडरअन्तर्गत बिहान १० बजेदेखि दिउँसो ३ बसेसम्म सटडाउन हुनेछ। उक्त फिडरअन्तर्गत बनस्थली, बालाजु, माछापोखरी, बाइपास, गुम्बाचौकी, मनमैजु पुल, लोकतान्त्रिक चोक, इन्द्रेणी पुललगायतका क्षेत्रहरुका बत्ती काटिने वितरण केन्द्रले जनाएको छ।

लगनखेल र पुल्चोक वितरण केन्द्रअन्तर्गत पर्ने खोकना फिडरमा मिटरिङ युनिट परिवर्तन गर्नुपर्ने भएकाले शनिबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सटडाउन हुनेछ।

उक्त फिडरअन्तर्गत गणेशथान, एकान्तकुना, खाद्य गोदाम, मेडीसिटी हस्पिटल, आदिनाथ मार्ग्, गणेश मन्दिर, मन्जु श्री मार्ग, भन्ज्याङ् पिपल बोट, मगर गाउँ, सानो खोकना, खोकाना, कार्यविनायक, बुङमती क्षेत्र, नेवा ईट्टा, चुनिखेल, कतार एम्बेस्सी, खोईचा, फर्सिडोल, जोर्खु, टोकलमाथ, खहरे, डुकुछाप, दनुवार बस्तीलगायतका क्षेत्रहरुका बत्ती काटिनेवितरण केन्द्रले जनाएको छ।

यी स्थानहरुमा वितरण प्रणाली मर्मत सम्भार गर्न लागिएकाले लाइन काटिने प्राधिकरणको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here