कसरी छान्ने राम्रो होटेल ?

यात्रामा होटेल व्यवस्थापन अथवा बसोबास व्यवस्था एक महत्वपूर्ण पाटो हो । दिनभर घुमफिर गरिसकेपछि रातमा आरामदायी बास भएन भने त्यसले पूरै यात्रा नै निरस बनाइदिन सक्छ । त्यसकारण यात्रामा निस्कनु अघि नै केही चनाखो भयो भने राम्रो होटेल छानेर ढुक्कसँग यात्रामा निस्कन सकिन्छ ।

आवश्यकता तय गर्नुहोस
तपाई सर्वप्रथम कस्तो होटेलमा बास बस्न चाहनु हुन्छ, त्यो तय गर्नुहोस । होटेल धेरै प्रकारका हुन्छन् । सामान्य लज, गेष्ट हाउसदेखि डिलक्स सात तारे स्तरसम्मका होटेलले सेवा दिइरहेका छन् । आफ्नो प्राथमिकता तय गरेपछि मात्र अरु प्रक्रिया थाल्नुहोस ।

अनलाइनबाट सूचना र जानकारी संकलन
अहिले होटेलहरुको सम्बन्धमा ग्राहकले दिएका क्रिया प्रतिक्रिया, होटेलको आफ्नो वेवसाइटमा सेवा सुविधाको पूर्ण विवरण दिएको हुन्छ । कतिपय होटेलले शूल्कसमेत उल्लेख गरेका हुन्छन् । त्यसको राम्रोसँग अध्ययन गरेर मात्र होटेल बुकिङको प्रक्रिया थाल्न सकिन्छ । सकभर होटेलको आफ्नै वेवसाइटबाट बुकिङ गर्नु उपयुक्त हुन्छन् । अहिले कतिपय अनलाइन बुकिङ एजेन्टहरु पनि उपलब्ध हुन्छन् । त्यस्ता एजेन्टमार्फत पनि होटेल बुक गर्न सकिन्छ ।

रीभ्यू पढ्न नभुल्नुस
अहिले होटेलको सबैभन्दा राम्रो पक्ष भनेकै उनीहरुको सेवा बारे सजिलै जानकारी लिन सकिन्छ । ग्राहकले होटेलबारे दिएको रीभ्यूले होटेल छनोटमा निकै ठूलो भूमिका खेल्छ । ट्रीप एडभाइजरजस्ता ट्राभल साइटले यस्तो सुविधा दिएका हुन्छन् । पर्यटक बसोबास गर्ने सबै होटेलको यस्तो रीभ्यू उपलब्ध हुन्छ ।

अनावश्यक चार्ज स्वीकार नगर्नुहोस
होटेल छान्दा आवश्यक सेवा सुविधाबाहेक अनावश्यक सुविधा नलिनुहोस । अझ अनलाइन बुकिङ गर्दा झन चनाखो हुनुपर्छ । उदाहरणका लागि तपाईं सवारी साधन नलिई गएपनि शूल्कमा पार्किङ शूल्क जोडिएको हुनु सक्छ । यसबाहेक अहिले घुमघामको मज्जा लिने हो भने वाइफाई या इन्टरनेटका लागि पनि पैसा नतिरेको राम्रो ।

होटेल रहेको स्थानबारे पक्का हुनुहोस
यात्रामा तपाईको साथमा नक्सा अनिवार्य हुनुपर्छ । अहिले अफलाइन नक्साहरु पनि उपलब्ध हुन्छन् । अझ होटेलको अवस्थितिबारे झन चनाखो हुनुपर्छ । विमानस्थल, बस पार्क या नजिकको राजमार्गबाट होटेल कति पर छ, आफू जाने या घुम्ने गन्तब्यभन्दा होटेलको दूरी कति छ, यो पनि राम्रोसँग तय गर्नुपर्छ । नत्र एउटै गन्तब्य पुग्न होटेलबाट निकै पर जानु पर्यो भने यात्रा निरस हुन सक्छ ।

अरुको सल्लाह सुन्नुहोस
होटेलको सेवा कस्तो छ, बस्दा कति आनन्ददायक छ, या बढी आवाज र गतिविधिले असर गर्छ भन्ने विषय यस अघि उक्त होटेलमा बसिसकेका व्यक्तिबाट पनि जानकारी लिन सकिन्छ । त्यसकारण आफू जाने गन्तब्यमा कुन होटेल राम्रो छ भनेर साथिभाई, सहकर्मीबाट सल्लाह लिन सकिन्छ ।

कोठाको अवस्थिति पक्का गर्नुहोस
किचनबाट नजिक, ढोकाको नजिकै, हल नजिकका कोठा बढी दिक्क लाग्ने हुन्छन् । कोठा भित्रको अवस्थिति पक्का गरेर मात्र बुकिङ गर्नुपर्छ । कोठा भित्र के के सुविधा उपलब्ध छन्, त्यसबारे नि निश्चित गर्नुपर्छ । वाथरुम, एसी, टीभी, वाइफाई, होटेलदेखि विमानस्थल या बसपार्कसम्म लैजाने—पुर्याउने सुविधाबारे पनि निश्चित हुनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here