दोस्रो नेपाल–भारत फ्रेन्चाइज सम्मेलन यही असोज ३० देखि, कोभिडका कारण भर्चुअल हुने

काठमाडौं, १८ असोज । नेपाल भारत फ्रेञ्चाइज सम्मेलन यही असासेज ३० देखि कात्तिक २ गतेसम्म भर्चुअल प्रविधिमा आयोजना गरिने भएको छ ।

सम्मेलनको आयोजक मध्येको एक नेपाल उद्योग वाणिज्य महासंघले नेपाली र भारतीय ब्राण्ड र आगन्तुकहरूलाई एकै मंचमा जुटाई एकअर्का देश बीच लगानी, प्रविधि एवं व्यवसायिक मोडलहरू आकर्षित गर्ने उद्देश्यले सम्मेलन आयोजन गर्न लागिएको बताएको छ ।

महासंघ र नेपाल फ्रान्चाइज.कमको साझेदारीमा नेपालस्थित भारतीय राजदूतावासले सम्मेलनको आयोजना गर्न लागेको हो ।

कार्यक्रममार्फत नेपाल तथा भारतका प्रशिद्ध व्राण्डहरू र अवलोकनकर्ताहरूलाई एउटै छानामुनी ल्याई दुवै देशका एक सयभन्दा बढी प्रतिष्ठित ब्राण्डहरूले आफ्ना अवसरहरूको प्रदर्शनी गर्ने छन् ।

सम्मेलनलाई दुई हजार भन्दा बढी योग्य लगानीकर्ताहरूले फ्रेन्चाइज, डिलरशीप तथा अनुमतीपत्र लगायतमा व्यवसायिक अवसरहरू खोज्ने महत्वपूर्ण माध्यमको रूपमा उपयोग गरी लाभ उठाउने पनि महासंघले जानकारी दिएको छ ।

गत वर्ष काठमाडौंमा सम्पन्न पहिलो नेपाल भारत फ्रान्चाइज एक्सपो तथा सम्मेलनको अभुतपूर्व सफलता पश्चात कार्यक्रमलाई एक स्थापित कार्यक्रमकोरूपमा विकास गर्ने लक्ष्य अनुसार दोस्रो संस्करणको रूपमा यो सम्मेलन आयोजना गर्न लागिएको हो ।

कोभिड–१९ को विश्वमहामारीका कारण यस वर्षको नेपाल भारत फ्रान्चाइज एक्सपो तथा सम्मेलन भर्चुअलका माध्यमबाट आयोजना हुन लागेको पनि आयोजकले बताएको छ ।

यो सम्मेलनलाई नेपाल भारत बीच लगानी प्रवद्र्धन, स्थापित स्टार्टअपहरू तथा फ्रेन्चाइज आदान प्रदानको महत्वपूर्ण मंचको रूपमा हेरिएको छ ।

पहिलो एक्सपोमा नेपालका स्थापित १० र भारतका ५० गरी जम्मा ६० वटा ब्राण्डहरूको सहभागिता रहेको थियो । उक्त एक्स्पोले २ हजारभन्दा बढी ख्याती प्राप्त उद्यमी व्यवसायीहरूलाई प्रत्यक्ष अवसर प्रदान गर्नुको साथै कार्यक्रम मार्फत व्यवसायिक अवसर विस्तार गर्न, सम्बन्ध सुधार गर्न, नयां अवसर तथा नविनतम सोंचको आदान प्रदानमा महत्वपूर्ण उपलव्धी हासिल गरेको महासंघको भनाइ छ ।

फ्लीपकार्ट, ओयो, कोक, युनिलिभर, लेन्सकार्ट जस्ता प्रतिष्ठित ब्राण्डहरु सहित १ सयभन्दाबढी भारतीय सहित अन्तराष्ट्रिय ब्रान्डहरूले नेपाली बजारमा प्रवेश गरिसकेका छन् भने नेपालमै आफ्नो पहिचान बनाई सकेका स्वदेशी ब्राण्डहरू पनि विस्तार भैरहेका छन् । महासंघका अनुसार फ्राञ्चाइज एक्स्पो जस्ता कार्यक्रमले नेपालमा फ्रेन्चाइजको आकर्षण सहित उद्यमशीलतालाई बढावा दिनुका साथै हरेक वर्ष द्विपक्षीय सफलताहरू आदान प्रदानमा समेत महत्वपूर्ण सहयोग पु¥याउंदै आएका छन् ।

यस थ्रीडी भर्चुअल एक्सपोले उद्यमशीलताको सँेंच राखि अगाडी बढ्न लागेका युवालाई समय अनुसार अगाडी बढ्न र व्यवसायिक अवसरहरूको खोजी गर्न सघाउने विश्वास गरिएको छ ।

भर्चुअल एक्सपोले व्यवसायी र विज्ञहरू बीच आपसी सम्वाद, श्रव्य दृश्यका माध्यमबाट सवै तहका उद्यमीहरू, लगानीकताहरूलाई भेट गराई व्यवसायिक अवसरहरूको उत्खनन, विश्वमा पछिल्लो व्यवसायिक अवस्थाका वारेमा जान्ने बुझ्ने अवसर समेत जुटाउने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here